शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

रुकुम पश्चिममा भयो दुई समूहबीच झडप, दुई जना घाइते

रुकुम पश्चिममा भयो दुई समूहबीच झडप, दुई जना घाइते

 

सुर्खेत । ट्याक्टरले घोडालाई ठक्कर दिएपछि उत्पन्न विवादले रुकुम पश्चिममा दुई समूहबीच झडप भएको छ । आठबिसकोट नगरपालिका–३, खदीमा दुई समूहबीच भएको झडपमा दुई जना घाइते भएका छन्, एक जना घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

रुकुम पश्चिमका प्रहरी प्रमुख डीएसपी ध्रुवकुमार श्रेष्ठका अनुसार शुक्रबार साँझ ट्याक्टरले सामान बोकेर ल्याइएको घोडालाई छोएको विषयमा विवाद हुँदा झडप भएको हो ।
प्रहरी टोली घटनास्थल पुगिसकेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । धारिलो हतियार प्रहार गर्ने घोडा व्यवसायी फरार रहेको र खोजी भइरहेको डीएसपी श्रेष्ठले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend