शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

देउवा निकट शीर्ष नेताहरूको बैठक देउवा निवासमा जारी

देउवा निकट शीर्ष नेताहरूको बैठक देउवा निवासमा जारी

 

 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकटका शीर्ष नेताहरुको बैठक देउवा निवास बुढानीलकण्ठमा
बसिरहेको छ ।

बैठकमा उपसभापति विमलेन्द्र निधि, विजय कुमार गच्छदार, पूर्णबहादुर खड्का, प्रकाशशरण महत, एनपी साउद लगायतका नेताहरु सहभागी छन् । छलफल आगामी महाधिवेशन र क्रियाशील सदस्यता सम्बन्धमा केन्द्रित रहेको स्रोतले जनाएको छ । सभापति देउवाले आगामी भदौमा निर्धारित १४ औं महाधिवेशनबारे छलफल गर्न नेताहरुलाई बोलाएको देउवाको सचिवालयले जनाएको छ ।

निधिले आगामी महाधिवेशनमा सभापति पदको उम्मेदवार बन्ने घोषणा गरेका छन् । सभापतिमा दाबी गर्दै आएका महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग निधिले छलफल गर्दै आएका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend