शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

चितवन । पहिरो पन्छाएपछि तीनदिन पछि नारायणगढ मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला ट्राफिक कार्यालय, चितवनका अनुसार चारकिलो ,पाँचकिलो, सेतिदोभान, घोप्टेभिर र कुरिनटारमा गएको पहिरोका कारण उक्त सडकखण्ड दुईतर्फी अवरुद्ध बनेको थियो । बिहान सवा ९ बजे यी स्थानको पहिरो पन्छाएर एकतर्फी रुपमा सञ्चालनमा ल्याउन सकिएको ट्राफिक प्रमुख भगवानराज थापाले जानकारी दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend