शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

पाँच विद्यार्थी संगठनले शनिबार ७७ वटै जिल्लामा मसाल जुलुस गर्ने

पाँच विद्यार्थी संगठनले शनिबार ७७ वटै जिल्लामा मसाल जुलुस गर्ने

 

 

काठमाडौँ । विपक्षी गठबन्धनमा आबद्ध दलका पाँच विद्यार्थी संगठनले शनिबार देशका सबै जिल्लामा मसाल जुलुस प्रदर्शन गर्ने भएका छन्। शुक्रबार सम्पन्न उनीहरूको संयुक्त बैठकले राजनितिक, संवैधानिक तथा शैक्षिक क्षेत्रमा भएको प्रतिगमनविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको हो।

अनेरास्ववियुकी महासचिव आरती लामाका अनुसार असार १९ गते ७७ वटै जिल्लामा मसाल जुलुस, असार २० गते प्रतिगमनविरुद्ध पूर्वअध्यक्ष एवं नेताहरूसँग अन्तरक्रिया तथा २१ गते काठमाडौंको माइतीघर मण्डलासहित हरेक जिल्लामा संविधानको प्रति प्रदर्शन गर्नेलगायत कार्यक्रम तय गरिएको हो। आज पनि पाँच विद्यार्थी संगठनले काठमाडौंमा प्रधानमन्त्रीको पुत्ला जलाउँदै विरोध प्रदर्शन गरेका थिए। त्यस क्रममा प्रहरीसँग झडपसमेत भएको थियो।

 

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend