शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

विप्लव नेतृत्वको नेकपाले देशभर भ्रष्टाचारविरुद्ध जागरण अभियान सुरु गर्ने

विप्लव नेतृत्वको नेकपाले देशभर भ्रष्टाचारविरुद्ध जागरण अभियान सुरु गर्ने

 

चितवन । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशभर जागरण अभियान सुरु गर्ने भएको छ । शुत्रबार नारायणगढमा जिल्ला समिति चितवनले पत्रकार सम्मेलन गरेर पछिल्लो समय ‘देशभर बढिरहेको’ बेथिति, अनियमितता, भ्रष्टाचारविरुद्ध चितवनसहित देशभर अभियान चलाउन लागेको बताएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै पार्टीका केन्द्रीय सदस्य एवम् जिल्ला ईन्चार्ज सन्देश पौडेलले देशभर स्थानीय पालिकादेखि संघीय संरचनासम्म बेथिति, भ्रष्टाचार, अनियमितिता बढेको बताए । उनले सुरुवाती चरणमा यसविरुद्ध सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने, भ्रष्टाचारको भण्डाफोर गर्ने संघर्षका कार्यक्रमलाई अगाडि बढाइने बताए ।कोभिडका कारण जागरण अभियानको मिति नतोकिएपनि चार महिनासम्म गरिने उनको भनाइ छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend