शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

राज्यमन्त्री सुमनद्वारा राजीनामा, पोखरेल नेतृत्वको सरकार अल्पमतमा

राज्यमन्त्री सुमनद्वारा राजीनामा, पोखरेल नेतृत्वको सरकार अल्पमतमा

 

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले पदबाट राजीनामा दिएकी छन । उनले आज राजीनामा दिएकी हुन् । उनले मुख्यमन्त्री शंकर पोखरेललाई बुझाएको राजीनामा पत्रमा भनेकी छन –‘जनता समाजवादी पार्टी नेपाल तपाईको नेतृत्वमा रहेका सरकारलाई समर्थन नरहेकोले मैले तपाईको सरकारमा पार्टीको समर्थन र सहयोग बिना यस प्रदेशको सरकारमा रही निरन्तरता दिन नसक्ने भएकोले नेपालको संविधानको धारा १६९ को २ को क बमोजिम आजको मितिबाट लागू हुने गरी मैले मेरो मन्त्री पदबाट राजीनामा गरेको छु ।’

उनी गत बैशाख ६ गते राज्यमन्त्रीमा नियुक्त भएकी थिइन् । राजीनामापछि उनी जसपामा उपेन्द्र यादव पक्षमा लागेकी छन् ।उनको राजीनामापछि मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा परेको छ । ८३ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका ३८ सदस्य छन् । रायमाझीसहित जसपाका ४ सांसदको समर्थनमा ४२ सांसद जुटाएर मुख्यमन्त्री पोखरेलले बहुमत पु¥याएका थिए । अब उनको समर्थनमा ४१ सांसद मात्र छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend