अर्घाखाँची । कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित चप्परगाउँमा भएको स्कारपियो दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया गाउँपालिकाका विक्रम खनाल रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। वाणगंगा–८ चप्परगाउँमा शुक्रबार दिउँसो पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १६ च ८०९८ नम्बरको स्कारपियो दुर्घटना भएको हो। स्कारपियो सडकबाट करिव पाँच मिटर तल नालामा खसेको छ। अरुको स्वास्थ्यस्थिति सामान्य रहेको छ। स्कारपियो विवाहमा सहभागी हुन पश्चिमतर्फ जाँदै गरेको बेला तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको आंकलन छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend