सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

एनआईसी एशिया बैंक कर्मचारी संघले गर्‍यो विरोध प्रदर्शन

एनआईसी एशिया बैंक कर्मचारी संघले गर्‍यो विरोध प्रदर्शन

 

काठमाडौं । एनआईसी एशिया बैंक कर्मचारी संघले विरोध प्रदर्शन गरेको छ । नेपाल सरकारले सुरु गरेको सामाजिक सुरक्षा कोष विभेदकारी र अन्यायपूर्ण रहेको भन्दै संघले विरोध प्रदर्शन गरेको हो । संघले १८ गते देशैभरी एनआईसी एशिया बैंकका प्रमुख कार्यालय तथा प्रादेशिक कार्यालयहरूमा विभिन्न मागहरु राख्दै विरोध प्रदर्शन गरेको छ ।

एनआईसी एशिया बैंक कर्मचारी संघका अध्यक्ष सुमन थापाले एनआईसी एशिया बैंक कर्मचारी संघ यस योजनामा जाँदैनौ भन्ने नभइ योजनामा भएको विभेदको विरोध गरेको बताए । उनले आफूहरुको बुँदागत माग पुरा नहुँदासम्म विरोध कार्यक्रम जारी राख्ने पनि बताए ।

सामाजिक सुरक्षा कोष ऐन नियमावली तथा कार्यविधिमा यस अघि नै बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका कर्मचारी युनियनहरूले संयुक्त रुपमा पेश गरेका सुझावहरूको सम्बोधन गर्न संघले सरोकारवालाहरुसँग अपिल गरेको छ ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend