काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले गुण र दोषका आधारमा आफूले सहयोग र विरोध गर्ने स्पष्ट पारेका छन् । एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले आफू सधैँ क्रिटिकल रहेको बताए ।
“अध्यक्षले आउने–जाने नगर्न भने पनि म सँधै क्रिटिकल छु । विषय अनुसार समर्थन र विरोध गर्छु,” उपाध्यक्ष गौतमले भने, “अविश्वासको प्रस्ताव र विघटन दुबै मलाई थाहा थिएन । दुबै पक्षमा म थिइनँ र छैन पनि ।”
उनले पार्टीलाई फुटबाट जोगाउन आफूले हरि पराजुली र लालबहादुर विश्वकर्मासहित तीनजना मिलेर एकताको लागि फोरम बनाएको बताए ।
यसअघि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले वामदेवलाई स्वागत गरेका थिए । त्यसक्रममा ओलीले आफ्नो पार्टीको सरकार ढाल्न कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा सही गर्ने र आन्तरिक जीवनमा म एमाले पनि हँु भन्न नमिल्ने बताएका थिए । वामदेवलाई फेरि आउनु भएकोमा स्वागत गर्दै अबदेखि आउने जाने नगर्न सुझाब दिएका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend