शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

सवारी चालक अनुमतिपत्र किर्ते गर्ने पक्राउ

सवारी चालक अनुमतिपत्र किर्ते गर्ने पक्राउ

 

 

ललितपुर । सवारी चालक अनुमतिपत्र किर्ते गरेको अभियोगमा महालक्ष्मी नगरपालिका ६ बस्ने देवकाजी तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी वृत्त सातदोबाटो ललितपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा जावलाखेलबाट लगनखेलतर्फ आउदै गरेको बा२ ख ६५५६ नम्बरको बसका चालक देवकाजीलाई सवारी चालक अनुमतिपत्र शंकास्पद देखिएपछि पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend