शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

बैठकमा सहभागी हुन माधव समूहलाई ओलीको आग्रह

बैठकमा सहभागी हुन माधव समूहलाई ओलीको आग्रह

 

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार बस्ने केन्द्रीय कमिटी बैठकमा सहभागी हुन वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई आह्वान गरेका छन् । बालुवाटारमा बैठकको उद्घाटन गर्दै अध्यक्ष ओलीले माधव समूहका नेताहरुलाई बैठकमा सहभागी हुन आह्वान गरेका हुन् ।

उपाध्यक्ष वामदेव गौतमलाई बैठकमा स्वागत गर्दै अन्य नेताहरु पनि बैठकमा आउनुपर्ने उनले बताए । ‘उहाँ (वामदेव गौतम)लाई स्वागत गर्दै अन्य कमरेडहरुलाई पनि भोलि हुने बैठकमा सहभागी हुन आग्रह गर्छु,’ अध्यक्ष ओलीले भने । अध्यक्ष ओलीले वामदेव गौतमलाई आउने सधैं आउन आग्रह गरेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend