काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता र देशमा विभिन्न समस्या देखिएको बताएका छन् ।शुक्रबार बालुवाटारमा एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले दलीय अनुशासन उल्लंघन गर्नुलाई बहादुरी ठान्ने गरिएको बताए । “देशलाई छाडा प्रवृतितर्फ लैजान खोजिएको छ,” उनले भने । आफ्नो पार्टीको सरकार ढाल्ने, दलीय अनुशासन उल्लंघन गर्ने र अराजकता सिर्जना गर्ने काम भएको उनको भनाइ थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend