शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

एमाले बैठकमा सहभागी हुन उपाध्यक्ष गौतम पनि पुगे बालुवाटारमा

एमाले बैठकमा सहभागी हुन उपाध्यक्ष गौतम पनि पुगे बालुवाटारमा

नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा सहभागी हुन उपाध्यक्ष वामदेव गौतम पनि बालुवाटार पुगेका छन्। एमाले केन्द्रीय कमिटी बैठक शुरू हुन लागेको छ। बैठकमा सहभागी हुन केही केन्द्रीय सदस्य बालुवाटार पुगिसकेका छन् भने केही पुग्ने क्रममा छन्।  उपाध्यक्ष गौतम पनि बैठकमा सहभागी हुन बालुवाटार पुगेको एमाले नेता विजय सुब्बाले बताए। “वामदेव कमरेड पनि बालुवाटार पुगिसक्नुभएको छ,” सुब्बाले भने।  यसअघि बसेको केन्द्रीय कमिटी बैठकमा गौतम सहभागी भएका थिएनन्। त्यस्तै, अध्यक्ष केपी शर्मा ओली पक्षले बोलाएको महाधिवेशन आयोजक कमिटी बैठकमा पनि गौतम सहभागी भएका थिएनन्।

सर्वोच्च अदालतको आदेश अनुसार एमाले र नेकपा (माओवादी केन्द्र) ब्युँतिएपछि केन्द्रीय कमिटी भंग गरेर महाधिवेशन आयोजक कमिटी गठन गरिएको थियो। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले विरोध गरेपछि बुधबार महाधिवेशन आयोजक कमिटी विघटन गरेर केन्द्रीय कमिटी सक्रिय पारिएको हो।

आज बस्न लागेको केन्द्रीय कमिटी बैठकमा सबै केन्द्रीय सदस्यलाई पनि बोलाइएको छ। तर, नेपाल पक्षका केन्द्रीय सदस्य भने सहभागी नहुने भएका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend