शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

कोभिड नियन्त्रणका लागि सरकार पूर्ण रुपले असफलः राधेश्याम अधिकारी

कोभिड नियन्त्रणका लागि सरकार पूर्ण रुपले असफलः राधेश्याम अधिकारी

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले कोभिड नियन्त्रणका लागि सरकार पूर्ण रुपले असफल भएको बताएका छन । बिहीबार राष्ट्रिय सभाको आठौं अधिवेशनको पहिलो बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले सरकारले प्रचार गरेजसरी खोप ल्याउन नसकेको बताए । अधिकारीले संसद विघटनको सम्बन्धमा विपक्षी गठबन्धन सर्वोच्च अदालत जानु स्वभाविक रहेको बताए । राष्ट्रिय सभा सदस्य अधिकारीले सरकारले चुनाव गर्ने हठ गरिएको भएपनि चुनाव अनुकुलको परिस्थिति नभएको बताए । राष्ट्रिय सभा अधिकारीले देशमा कोभिडको कारण चौतर्फी रुपमा समस्या भइरहेको भएपनि सरकार अर्थ व्यवस्थापनमा चुकेको बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend