शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

राप्रपाका केन्द्रीय सदस्य लामासहित धादिङका ५ सय ७८ नेता कार्यकर्ताहरु काँग्रेसमा प्रवेश

राप्रपाका केन्द्रीय सदस्य लामासहित धादिङका ५ सय ७८ नेता कार्यकर्ताहरु काँग्रेसमा प्रवेश

 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सदस्य श्याम लामासहित धादिङका ५ सय ७८ नेता कार्यकर्ताहरु नेपाली काँग्रेस प्रवेश गरेका छन्। बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा राप्रपा परित्याग गरी लामासहितका नेता तथा कार्यकर्ता काँग्रेस प्रवेश गरेका हुन् ।
काँग्रेस प्रवेश गर्नेहरूमा केन्द्रीय सदस्य श्याम लामासहित धादिङ निर्वाचन क्षेत्र १ का क्षेत्रीय अध्यक्ष सानुराम घले, जिल्ला कार्यसमिति सदस्य तथा धुनीबेंसी नगर प्रमुखका प्रत्याशी दिपक रुपाखेती, थाक्रेका बिनोद लामा, समानुपातिकतर्फ प्रदेशसभा सदस्य उम्मेदवार मनिता तामाङ, पिडागाउँ समिति अध्यक्ष विजय भण्डारी, क्षेत्रीय सदस्य प्रबिण तामाङ, क्षेत्रीय सदस्य धर्म खतिवडासहित धादिङका ५ सय ७८ जना नेता तथा कार्यकर्ता रहेका छन् । नवप्रवेशीलाई सभापति देउवा, सहमहान्त्री महत र थापाले स्वागत गरेका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend