शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

टिपरको ठक्करबाट मृत्यु

टिपरको ठक्करबाट मृत्यु

 

 

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० झलारी बजारस्थित ऐला आयुर्वेदाका सञ्चालक अन्दाजी ४२ वर्षीय रामबहादुर साउदको सडक दुर्घटनामा शनिबार साँझ मृत्यु भएको छ।

कैलालीको धनगढीबाट घर फर्कने क्रममा साउदले चढेको से१क ६८२ नम्बरको मोटरसाइकललाई म१ब ९६६८ नम्बरको टिपरले बोराडाँडीनजिक ठक्कर दिँदा उनी सख्त घाइते भएका थिए।

तत्कालै उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पतालमा पुर्‍याइए पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend