शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

टाउकाको ओखती नाइटामा लगाएर हुन्नः बाबुराम भट्टराई

टाउकाको ओखती नाइटामा लगाएर हुन्नः बाबुराम भट्टराई

 

 

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक दलकै कारणा देश संकटमा परेको बताएका छन । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सामाजिक सञ्जाल मार्फत राजनीतिक दल र नेतृत्वको स्खलन नै देश संकटको प्रमुख कारण रहेको बताएका हुन ।

भट्टराईले सामाजिक सञ्जाल मार्फत कांग्रेस, कम्युनिष्ट र समाजवादी रूपान्तरण हुनुपर्ने समेत बताउनुभएको छ । भट्टराईले समस्या एकातिर तर समाधान अर्कोतिर खोज्न नहुने उल्लेख गर्नुभएको छ ।

‘भनिन्छः टाउकाको ओखती नाइटामा लगाएर हुन्न ! अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति, दल, नेतृत्वको स्खलन नै हो,’ भट्टराईले भन्नुभएको छ, ‘कांग्रेस ‘कांग्रेस’ नरहनु, कम्युनिष्ट ‘कम्युनिष्ट’ नरहनु र समाजवादी ‘समाजवादी’ नरहनु ।’

पार्टीहरू रूपान्तरण हुनुपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभएको छ, ‘कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गरौं, नत्र समयले कसैलाई पर्खन्न है ।’

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend