मानिस पैसा कमाउनको लागी बिभिन धन्दा गर्ने गर्छन । कतिले इज्जत संगै कमाउने सोच बनाएका हुन्छन् कति त जसरी पनि पैसा कमाउने दौड्मा रहेका हुन्छन् । मानिस पैसा कमाउनको लागी गलत धन्दाको पनि बाटो रोज्दै आएको छ । जसमा समाजमा राम्रो प्रतिष्ठा बनाएका पनि पैसाकै लोभमा कारण चोकटा खान गएकी बुढी झोलमा डुवी भने जस्तै डुबनेको संख्या पनि कम छैन । यस्तै नेपाली फिल्म क्षेत्रमा क्रियाशिल फिल्म निर्माता माधव वाग्लेले नक्कली नोटको कारोबार गरेको विषयमा प्रहरीले अनुसन्धान टुङग्याएको छ । लामो अनुसन्धानपछि प्रहरीले निर्माता वाग्लेलाई नक्कली नोटको कारोबारमा मुख्य अभियुक्त बनाएर सरकारी वकिलको कार्यालयमा मिसिल बुझाएको छ । अनुसन्धान सकाएर फाइल सरकारी वकिल कार्यालयमा बुझाएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ । प्रहरीले जेठ २ गते २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित ६ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो । निर्माता वाग्लेको कोठामा १ हजार दरका २ करोड ५२ लाख रुपैयाँ प्रहरीले फेला पारेको थियो । नेपाल राष्ट्र बैकले नोट नक्कली भएको पुष्टि गर्दै प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो । वाग्लेले प्रहरीलाई दिएको बयानमा फिल्मको लागि नोट छपाएको बताएका छन्। प्रहरीले फर्पिङबाट पनि वाग्लेले नै छपाएको दुई थान नोटसहित एक युवकलाई पक्राउ गरेको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend