सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सर्वसाधारणको डेढ अर्ब ठगीका आरोपी सुधीर बस्नेत धरौटीमा रिहा

सर्वसाधारणको डेढ अर्ब ठगीका आरोपी सुधीर बस्नेत धरौटीमा रिहा

चर्चित घरजग्गा व्यवसायी सुधीर बस्नेत अदालतमा धरौटी बुझाएर छुटेका छन् । २०७३ पुस दोस्रो साता प्रहरीबाट उनी आफनै घरबाट पक्राउ परेका थिए । बस्नेत भक्तपुर जिल्ला अदालतले मागेको धरौटी बुझाउन सफल भए पछि जेलमुक्त भएका हुन् । धरौटी बुझाउन नसक्दा यसअघि उनी पुर्पक्षका लागि जेल परेका थिए । उनले सर्वसाधारणको १ अर्ब ६० करोड रूपैयाँ हिनामिना गरेको आरोप छ । उनीविरुद्ध भक्तपुरसहित जिल्ला अदालत काठमाडौं, स्याङ्जा र उच्च अदालत पाटनमा दर्जन बढी मुद्दा छन् । २०७१ भदौमा सर्वोच्च अदालतले सर्वसाधारणको पैसा लिएर फिर्ता नदिएको अभियोग लागेका ओरियन्टल सहकारीका अध्यक्ष बस्नेतलाई थुनामा पक्राउ गर्न आदेश दिएको थियो । कोहिनूर हिल हाउजिङ एण्ड कोहिनूर बिल्डर्सका नाममा बैंकहरुबाट बस्नेतले ७० करोड रुपैयाँ लिएका छन् । राष्ट्रिय वाणिज्य बैंकको २१ करोड ७१ लाख रुपैयाँ कर्जा उनले तिर्न सकेका थिएनन ।
उनले प्राइम कमर्शियल बैंकबाट २० करोड ४६ लाख, कुमारी बैंकको ७ करोड ३६ लाख र सिद्धार्थ बैंकको ६ करोड १५ लाख रुपैयाँ कोहिनूर हाउजिङमा लिएका थिए । नबिल बैंकको १४ करोड ६ लाख रुपैयाँ बस्नेतले डुबाएका छन्।ओरेन्टियल विल्डर्सको नाममा उनले एनआईसी एसिया बैंकबाट २० करोड एक लाख ३ ऋण लिएका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend