क्यानाडा। गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानाडाले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रलगायतका पीडितका लागि ५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष चिरन्जिबी घिमिरेको अध्यक्षतामा भएको भर्चुअल बैठकमा सहयोग उपलब्ध गराउने भएको हो । क्यानडामा रहेका सघ सस्थालगायत सिङ्गो नेपाली समुदायलाई सहयोगका लागि एनआरएनए क्यानाडाले खुलेर सहयोग गर्न अपिल गेरको छ।
संघले यस अघि जेठ २४ गते सोमबार नेपालमा कोरोना (कोभिड–१९) महामारीसँग लडाइँमा थप सहयोगका लागि क्यानाडामा रहेका विभिन्न संघ सस्थासँग सहकार्य गरी ७५ थान अक्सिजन कन्सन्ट्रेटर्स उपकरण नेपाल सरकारलाई हस्तान्तर गरेको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend