सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

श्रीमानले गरे श्रीमतीको हत्या

श्रीमानले गरे श्रीमतीको हत्या

 

 

काठमाडौं । भारतमा श्रीमानले आफ्नै श्रीमतीलाई चक्कु प्रहार गरेर हत्या गरेका छन् । झारखण्डको पाकुडमा एक पुरुषले खाना नबनाएको कारण आफ्नो श्रीमतीको हत्या गरेका हुन् ।

भारतीय प्रहरीका अनुसार ती पुरुष श्रीमतीको हत्या गरेर फरार भएका थिए । प्रहरीले फरार रहेका पुरुषलाई पछि पक्राउ गरेको हो ।

पक्राउ परेका पुरुषको बयान अनुसार उनले श्रीमतीलाई खाना बनाउनको लागि भने तर श्रीमतीले आफूलाई सन्चो नभएको भन्दै खाना नबनाएपछि उनीहरुबीच विवाद शुरु भएको थियो ।

सोही क्रममा उनले चक्क्ले श्रीमतीलाई प्रहार गरेका थिए । उनले श्रीमतीको निकै निर्मम तरिकाले हत्या गरेका थिए । भारतीय प्रहरीका अनुसार मृतक महिलाको शरीरमा १२ ,१२ ठाँउमा चक्कुको निसान थियो । श्रीमतीको मृत्यु भएपछि उनी फरार भएका थिए ।(लोकपथ डटकमबाट)

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend