शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

इँटा भट्टाको खाल्डोमा बालकको शव भेटियो

इँटा भट्टाको खाल्डोमा बालकको शव भेटियो

 

 

 

भक्तपुर । भक्तपुरको इँटा भट्टाको खाल्डोमा एक जना बालकको शव भेटिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले दिएको जानकारी अनुसार चाँगुनारायण नगरपालिका ९, ताथलीमा राजु मछेका छोरा १० वर्षका रोजनको शव भेटिएको हो ।

खोजतलास गर्दै जाँदा शनिबार मृतक बालकको घरको नजिकै रहेको सेतो बिएम इँटा भट्टाको कम्पाउन्डमा रहेको खाल्डोमा पानी जमेको पोखरीमा उनको शव भेटिएको परिसरका डीएसपी दिपक गिरीले बताए ।

उक्त स्थानमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी निरिक्षक सूर्य बहादुर शाहीको कमाण्डको अनुसन्धान अधिकृतको टोली खटी गई घटनास्थल तथा शव जाँच मुचुल्काको कार्य गरिएको छ ।
शवलाई पोष्टमार्टमका लागी केएमसी अस्पताल दुवाकोट भक्तपुर पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको डीएसपी गिरीले जानकारी दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend