शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

सुदूरपश्चिमका तीन मन्त्रीद्धारा गौरीफन्टा नाकाको अनुगमन

सुदूरपश्चिमका तीन मन्त्रीद्धारा गौरीफन्टा नाकाको अनुगमन

 

 

कैलाली । सुदूरपश्चिम प्रदेशका तीनजना मन्त्रीसहितको टोलीले कैलालीको गौरीफन्टा नाकाको अनुगमन गरेका छन् । आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी सहितको टोलीले नाकाको अनुगमन गरेको हो ।

अनुगमन गर्दे मन्त्री पूर्णा जोशीले कोरोना भाइरसको तेस्रो लहर फैलिन नदिन सरकार पूर्व तयारीमा जुटेको बताए ।त्यस्तै सामाजिक विकास मन्त्री खड्काले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर बनेको बताए । उनले गौरीफन्टा, गड्डाचौकी, दार्चुला र बैतडी जिल्लाका सबै नाकालाई व्यवस्थीत गर्ने बताए ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend