नेपाल भष्टचारको अखडा मध्ये चर्चित स्थानमा पर्छ । भष्टचारको हेरदेख गर्ने टान्सपरेन्सी इन्टरनेशनल देखी बिभिन्न निकायले भ्रष्टचारको अांकडा सार्वजनिक गर्दै आएका छन् । पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पनि ठहर छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतमा भ्रष्टाचार भएको बारे सबैभन्दा बढी उजुरी परेको खुलासा भएको छ । आयोगका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका निकायमा सबैभन्दा बढी भ्रष्टाचार भएको उजुरी उसको भनाई छ । आयोगले अस्थायी शिक्षक नियुक्तिमा भ्रष्टाचार लगायतका अनियमितता भएको उजुरी सबैभन्दा बढी रहेको समेत बताएको छ । साथै सरकारी मालपोत, नापी, वैदेशिक रोजगार बिभाग,स्वास्थ्य बिभागका निकायमा बढी मात्रमा भ्रष्टचार हुने गरेको बिभिन्न डाटा सार्वजनिक हुदै आएको छ । सरकारले भष्टचारलाई निमुल पर्ने भने पनि व्यवहारमा भने दिन प्रतिदिन भष्टचार बढदै गएको सरोकारवाला निकायहरुको भनाई छ । शिक्षक नियुक्ति, भवन निर्माण, छात्रवृत्ति लगायतका अनुदान सहायताको रकममा अनियमितता हुने गरेको अख्तियारको तथ्यांकमा उल्लेख गर्दै आएको छ । त्यसैगरी सामाजिक सुरक्षा भत्ता दुरुपयोगको उजुरी पनि डरलाग्दो छ । त्यसमध्ये अघिल्लो आर्थिक वर्षमा ७ हजार ७ सय १९ वटा रहेका छन् भने चालू आर्थिक वर्षको बैसाख मसान्तसम्म ९ हजार ८९ वटा उजुरी परेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत हालसम्म सबैभन्दा बढी ३ हजार ४४ वटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भनाई छ । आयोगमा हालसम्म कूल १६ हजार ८ सय ८ वटा भ्रष्टाचार सम्बन्धी उजुरी परेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend