सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

यसरी हुदैछ नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपाल बीच पार्टी एकता

यसरी हुदैछ नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपाल बीच पार्टी एकता

नेकपा एमाले र माओवादी केन्द्र बिच पार्टी एकता भएको केही हप्ता नबित्दै नेपाल कम्युनिस्ट पार्टी नेकपा र संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकताका लागि छलफल सुरु भएको छ । नेकपा नेतृत्वको सरकारमा फोरम नेपाल सहभागी भएसँगै पार्टी एकताका लागि अनौपचारिक छलफल सुरु नेताहरुले बताएका छन् । अव केही समयमै पार्टी एकताको बिषयमा ठोस निर्णय निस्कने भएको छ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच पार्टी एकताका लागि अनौपचारिक छलफल भएको हो । नेकपा स्थायी कमिटीका एक नेताले फोरम नेपाल सरकारमा सहभागी भएसँगै पार्टी एकताको विषयमा अनौपचारिक छलफल भएको र यस बारे केही दिनमै ठोस निर्णय आउने उनको भनाई छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend