काठमाडौं, पूर्व सांसद कृष्ण सिंह परियारको निधन भएको छ। २०४८ सालको संसदीय निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित परियारको शुक्रबार निधन भएको नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाले जानकारी दिए। दलित समुदायका पहिलो सांसदसमेत रहेका परियारले तत्कालीन संसदमा राज्य ब्यवस्था समितिको सभापतिको जिम्मेवारी बहन गरेका थिए।
नेता परियारको शव अन्तिम श्रद्धाञ्जलीका लागि शुक्रबार कांग्रेस बाँकेको कार्यालयमा मध्यान्ह १२ बजेदेखि १ बजेसम्म राखिने कोइरालाले जानकारी दिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend