शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

जङ्गली हात्तीको आक्रमणबाट एक युवकको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट एक युवकको मृत्यु

 

 

मोरङ । जङ्गली हात्तीको आक्रमणबाट मोरङको सुनवर्षीमा आज बिहान एक युवकको मृत्यु भएको हो । सुनवर्षी–८ हरि चन्द्रगढीका २१ वर्षीय मनोहर मियाँको जङ्गली हात्तीको आक्रमणमा परेर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बिहान ७ बजेतिर हात्ती कुरेलीमा देखा परेपछि धपाउन भेला भएका स्थानीयले होहल्ला गर्न थालेपछि आक्रामक बनेको हात्तीले मनोहरलाई लछारेर घाइते बनाएको थियो । गम्भीर घाइते उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा बिहान उपचारको क्रममा मृत्यु भएको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend