बुटवल । अर्घाखाँचीमा खोलाले बगाएर बेपत्ता भएका व्यक्ती बिहीवार फेला परेका छन। जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ५ का ६७ बर्षिय चोलानाथ अधिकारी मृत अवस्थामा फेला परेका हुन्।
मृतक अधिकारीको शव रिङ्गदीस्थित बलेवाको बाँसमा अड्किएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक सुजन विक्रम शाहले जानकारी दिए।
मलामी गएका अधिकारीलाई स्थानीय मथुरा खोलाले बुधबार दिउँसो बगाएर बेपत्ता भएका थिए। शवलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend