शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

आज पनि विभिन्न स्थानमा बाढीको खतरा, सतर्कता अपनाउन आग्रह

आज पनि विभिन्न स्थानमा बाढीको खतरा, सतर्कता अपनाउन आग्रह

फाइल तस्बिर

काठमाडौं । केही दिनयता मुलुकभर बाढी, पहिरोले विपत्ति निम्त्याइरहेको छ। आज पनि विभिन्न नदी, खोलामा जोखिमपूर्ण बाढी आउने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले शुक्रबार बिहान ७ बजे जारी गरेको बुलेटिनअनुसार आज प्रदेश १, २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मध्यपहाडी, तराई र चुरे क्षेत्रका साना नदीमा बहाव बढ्दो हुने सम्भावना छ।

यस क्रममा ‘केहीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले साना नदी तटीय क्षेत्रमा सतर्कता अपनानाउन’ महाशाखाले अनुरोध गरेको छ।

हेर्नुहोस्, बाढी पूर्वानुमान महाशाखाले गरेको आइतबारसम्मको बाढी अनुमान

 

 

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend