शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

बाढीले प्युठानमा निर्माणाधीन पुल भत्कायो

बाढीले प्युठानमा निर्माणाधीन पुल भत्कायो

 

 

प्युठान । अविरल वर्षासँगै आएको बाढीले झिमरुक नदीमा निर्माणाधीन पुल भत्काएको छ । प्युठानको ऐरावती गाउँपालिका–१ माझिदमार र अर्घाखाँचीको शीतगंगा नगरपालिका ७ चिउरेखोला जोड्ने गरी बनाउन लागिएको पक्की पुल भत्किएको हो ।

चार दिनअघि ढलान भएको पुल बगाएको ऐरावती गाउँपालिकाका अध्यक्ष नबिलविक्रम शाहले जानकारी दिए । ‘बाढीले टेका बगाएपछि पुल भत्किएको हो,’ उनले भने, ‘७० मिटर लम्बाइको पुलको ३५ मिटर स्ल्याब भाँचिएको छ ।’

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend