काठमाडौं । बारामा सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवसँग १५ लाख रुपैयाँ फिरौती मागेको आरोपमा सोही गाउँपालिकाका कार्यालय सहयोगी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही गाउँपालिकामा करारमा काम गर्ने कार्यालय सहयोगी सुवर्ण गाउँपालिका–४, हर्दिया टोल बस्ने २८ वर्षीय मुकेशप्रसाद यादव छन् ।
फिरौती रकम माग गरी एक घण्टाभित्र नदिएमा गोली प्रहार गरी हत्या गरी दिन्छु भनी पटक–पटक फोन तथा मेसेज गरी फिरौती मागेपछि उनलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यादवविरुद्ध अपराधिक लाभ मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend