शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

नेपाली बजारमा ह्वात्तै घट्यो सुनको मूल्य

नेपाली बजारमा ह्वात्तै घट्यो सुनको मूल्य

 

 

काठमाडौं (आज विहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा आज एक हजार १०० रुपैयाँले सुनको मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार हुने भएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

बुधबार प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर १ हजार ३४० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend