शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

प्राकृतिक विपत्तिबाट हुने क्षति न्यूनिकरणका लागि जिम्मेवार बन्न पूर्वराजा शाहको आग्रह

प्राकृतिक विपत्तिबाट हुने क्षति न्यूनिकरणका लागि जिम्मेवार बन्न पूर्वराजा शाहको आग्रह

फाइल तस्बिर।

 

काठमाडौँ । बाढी–पहिरोसहितका प्राकृतिक विपत्तिबाट हुने क्षति न्यूनिकरण तथा नागरिकको सेवाका लागि सबै जिम्मेवार बन्न पूर्वराजा ज्ञानेन्द्र शाहले आग्रह गरेका छन् ।

बिहीबार वक्तव्य जारी गरेर पूर्वराजा शाहले प्राकृतिक विपत्ति सबैको चिन्ताको विषय भएकाले पूर्व सावधानी राख्ने, तयारी गर्ने, सजगता अपनाउने र उद्धार एवम् राहतकारी व्यवस्था मिलाउने विषयमा सबै पक्षको गम्भीर ध्यान जानु पर्ने उल्लेख गरेका हुन् ।

मनसुनको सुरुमै यस्तो क्षति भएकाले आउँदा दिन अझ चुनौतिपूर्ण हुने भन्दै पूर्वराजा शाहले सबै मिलेर महामारी र प्राकृतिक विपत्तिको न्यूनिकरण गर्ने तर्फ जिम्मेवार बन्नु पर्ने उल्लेख गरेका छन्। लगातारको वर्षासँगै विभिन्न नदी नालामा आएको बाढी तथा गएको पहिरोका कारण सिन्धुपाल्चोक, मनाङ्गसहितका जिल्ला बढि प्रभावित भएका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend