शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

 

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो बस्दैछ । सभापति शेरबहादुर देउवाले १४ औँ महाधिवेशनका विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् ।

बिहीबार दिउँसो दुई बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकले महाधिवेशनको कार्यतालिका र क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधानका विषयमा छलफल गरी टुंगो लगाउने कांग्रेस केन्द्रीय सदस्य गगन थापाले जानकारी दिए ।

कांग्रेसले यसअघि भदौ ७ देखि १० गते केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका तोकेको थियो । तर, त्यसअनुसार महाधिवेशन गर्न पूर्वतयारी नपुगेपछि आजको केन्द्रीय समिति बैठकले त्यसमा हेरफेर गरी नयाँ कार्यतालिका तय गर्न लागेको थापाले जानकारी दिए ।

महाधिवेशनको कार्यतालिकाबारे गत शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले प्रस्ताव तय गरिसकेको छ । जसअनुसार तल्ला तहको अधिवेशन साउन ६ गतेबाट सुरु गर्ने र केन्द्रीय महाधिवेशन भदौ १६, १७, १८ र १९ गते गर्ने सहमति बनेको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend