शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

बाढीले रेडियो मेलम्चीको भवन दुई तला पुरियो, प्रशारण बन्द

बाढीले रेडियो मेलम्चीको भवन दुई तला पुरियो, प्रशारण बन्द

 

 

काठमाडौं । मंगलवार रातिदेखि आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची बजारमा रहेको रेडियो मेलम्चीको प्रशारण अवरुद्ध भएको छ ।  रेडियो मेलम्चीको तीन तले भवनको दुई तला बाढीले ल्याएको माटोले पुरेको छ । बाढीले उपकरणहरू पुरिँदा प्रशारण बन्द भएको रेडियोका सञ्चालक सरोज ढुंगानाले जानकारी दिए ।

दैनिक १८ घण्टा प्रशारणमा रहेको रेडियो बुधवारदेखि बन्द भएको हो । अस्थायी रुपमा कम्युटर जडान गरेर सञ्चालनमा ल्याउने तयारी भएको ढुंगानाले बताए ।

रेडियोसँगै मेलम्ची बजारका कयौँ घरमा बाढी पसेको छ । मेलम्ची नदी किनारामा रहेका संरचनामा पनि क्षति पुर्‍याएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend