शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

देशका अधिकांश स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशका अधिकांश स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

 

 

काठमाडौं । आज देशभर सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान शाखाका अनुसार आज देशका अधिकांश स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कर्णाली प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना छ ।
यस्तै रातीपनि देशभर सामान्य देखि पूर्ण बदली रहने, देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend