सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेविसंघको नेतृत्वमा अस्पताल र स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण

नेविसंघको नेतृत्वमा अस्पताल र स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण

 

काठमाडौं । नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाको नेतृत्वमा सञ्चालित ‘कोभिड–१९ महामारी विरुद्धको हाम्रो अभियान’ अन्तर्गत सिन्धुपाल्चोक जिल्लाका स्वास्थ्य संस्था र वडा कार्यालयहरूमा अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

जिल्ला अस्पताल चैतारा र प्राथमिक स्वास्थ्य केन्द्र जलबिरेका लागि नेपाल मेडिकल एसोसिएसनबाट प्राप्त अक्सिजन कन्सन्ट्रेटर तथा नेविसंघका महामन्त्री तिमल्सिनाको नेतृत्वमा विभिन्न संघसंस्था तथा सहयोगीबाट प्राप्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको नेविसंघका नेता समीर लामाले जानकारी दिए ।

हालसम्मको अभियानअन्तर्गत अक्सिजन कन्सर्न्ट्रेटर ३ थान, सर्जिकल मास्क ३०,००० थान, एन नाइन्टी फाइभ मास्क १५०० थान, पीपीई सेट ५०० थान, स्यानिटाइजर १५० लिटर, फेससिल्ड ३०० थान, ग्लोभ्स १० बक्स लगायत सामग्री वितरण गरिसकिएको लामाले बताए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend