फाइल तस्बिर
काठमाडौं । नेपालमा मनसुन थप सक्रिय भएको छ । भारतको झारखण्डमा रहेको न्यून चापीय क्षेत्र र न्यून चापीय रेखाको प्रभावका कारण मनसुन थप सक्रिय भएको हो ।
मनसुन सक्रिय हुँदा आज दिउँसो नेपालका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको र राति पनि वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशका केही भू–भागमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ विभागले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend