फाइल तस्बिर
काठमाडौँ । असार १ गते बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता बमोजिम सातवटै प्रदेशले मंगलबार आगामी आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गर्दैछन्। सोमबार मात्रै नीति तथा कार्यक्रम संसदमा प्रस्तुत भएको गण्डकी प्रदेशमा पनि मंगलबार दिउँसो ४ बजे बजेट प्रस्तुत गर्ने तयारी छ। गण्डकीको बजेट मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफै प्रस्तुत गर्दैछन्।
बिहान १० बजे बस्ने प्रदेश बैठकबाट नीति तथा कार्यक्रम पारित गरेर ४ बजे बजेट ल्याउने तयारी गण्डकीमा भइरहेको हो। यस्तै प्रदेश १ र बागमती प्रदेशमा दिउँसो ३ बजे बजेट प्रस्तुत हुँदै छ। प्रदेश २, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा दिउँसो ४ बजे र कर्णाली प्रदेशमा दिउँसो १ बजे बजेट प्रस्तुत गर्ने तयारी छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend