काठमाडौं । नक्कली प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ६ बस्ने ४४ वर्षीय कृष्णप्रसाद ढुङ्गानालाई नियन्त्रणमा लिएको हो। उनले आफूलाई नेपाल प्रहरीको डाइरेक्टर मेडिकल डीएसपी भएको भन्दै सामाजिक सञ्जालमा फोटो राख्ने गरेको उजुरीपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।
त्यस्तै उनले विभिन्न पदवीहरू पाएको भन्दै फेसबुकमा राख्ने गरेको खुलेको छ। उनले नेपाल प्रहरीको मेडिकल डाइरेक्टर भएको भन्दै मेडिकल फर्म समेत संचालन गर्दै आएको अनुसन्धानमा खुलेको छ। प्रहरीले उनको साथबाट प्रहरीको युनिफर्म एक थान र युनिफर्म लगाएको तीन वटा फोटो समेत बरामद गरेको छ।
घटनाको थप अनुसन्धान भइरहेकाले कोही प्रहरीको नाममा उनीबाट ठगिएको भए प्रहरीलाई जानकारी गराउन महाशाखाले अनुरोध गरेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend