शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

माधव नेपाल निवासमा छलफल गरेर बाहिरिए देउवा र प्रचण्ड

माधव नेपाल निवासमा छलफल गरेर बाहिरिए देउवा र प्रचण्ड

 

 

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच छलफल भएको छ । उक्त छलफल नेपाल निवास कोटेश्वरमा भएको हो । छलफल २ घण्टासम्म चलेको र करिब ७ बजेतिर देउवा र प्रचण्ड नेपाल निवासबाट बाहिरिएको देउवानिकट स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार भेटमा कांग्रेस नेता पूर्णबहादुर खड्का पनि सहभागी थिए । भेटमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको स्रोतले बताएको छ । ओली विरोधी गठबन्धनमा रहेको एमालेको माधव नेपाल पक्षले प्रदेशमा ओली पक्षलाई दिएको साथको विषयमा पनि कुराकानी भएको स्रोतको दावी छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend