शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

सवारी पास किर्ते गरेको आरोपमा दुईजना पक्राउ

सवारी पास किर्ते गरेको आरोपमा दुईजना पक्राउ

 

 

काठमाडौं । सवारी पास किर्ते गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ मझुवागढी ११ का २३ वर्षीय दिनेश गुरुङ र २८ वर्षीय अम्बर गुरुङ रहेका छन् । उनीहरुमाथि जेठ ३० गते एकान्तकुनास्थित रिङ रोड सडकमा एउटै पासमा फरक फरक नाम राखी सरकारी छाप, दस्तखत किर्ते गरेको आरोप छ ।

पक्राउ परेका उनीहरुमाथि लिखित कीर्ते सम्बन्धी कसूर मुनामा ललितपुर जिल्ला अदालतबाट ४ दिनको म्‍याद थप अनुमति लिइ अनुसन्धान भइरहेको ललितपुर प्रहरीका प्रवक्ता प्रज्वल महर्जनले बताए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend