सुनसरी । सुनसरीमा जिल्ला प्रशासन कार्यालयले असार ७ गतेसम्म निषेधाज्ञा थप गरेको छ । असार १ गतेदेखि लागू हुने गरी असार ७ गते सोमबार मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए ।
प्रजिअ ढकालले जिल्लामा जारी गरिएको पछिल्लो निषेधाज्ञा केही खुकुलो पारिएको बताए । उनका अनुसार तोकिएका पसलहरू स्वास्थ्य प्रोटोकल पुरा गरी व्यापार गर्न पाउने गरी निषेधाज्ञा केही खुकुलो पारिएको हो ।
दूध डेरी तथा दुग्धजन्य पदार्थ, फलफूल तथा तरकारी संकलन तथा ढुवानी निर्वाध रूपले गर्न पाउने तर भिडभाड हुने सब्जी मन्डी, गुन्द्री बजार, हाट बजार लगायतका स्थानमा बिक्री वितरण गर्न पाइने छैन । पुस्तक तथा स्टेसनरी पसल स्वास्थ्य मापदण्ड अपनाइ बिहान ५ बजेदेखि दिनको ११ बजे सम्म खोल्न पाइनेछ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend