सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अर्घाखाँचीमा असार ७ गतेसम्म निषेधाज्ञा

अर्घाखाँचीमा असार ७ गतेसम्म निषेधाज्ञा

 

सन्धिखर्क । अर्घाखाँचीमा जारी निषेधाज्ञा परिमार्जनसहित असार ७ गते सम्मका लागि थपिएको छ । सोमबार १२ बजेसम्म जारी रहेको लकडाउनका बारेमा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले असार ७ गते सम्म लकडाउ थप गर्ने निर्णय गरेको हो ।
भोलिदेखि होटल, रेष्टुरेण्ट, व्युटी पार्लर र शैलुनबाहेकका सबै पसल बिहान ५ बजेदेखि दिउँसो १ बजेसम्म खुल्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए । विद्यालय, कलेज र सार्वजनिक सवारी सधानहरु पूर्णरुपमा बन्द रहने छन् ।

जिल्लामा कुल कोरोना संक्रमितको संख्या २३ सय ५७ पुगेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार १० पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या २ सय ८५ पुगेको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend