शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

गणतन्त्र संस्थागत गर्न अब फेरि अर्को पुस्ता लड्न नपरोस् , डा बाबुराम भट्टराई

गणतन्त्र संस्थागत गर्न अब फेरि अर्को पुस्ता लड्न नपरोस् , डा बाबुराम भट्टराई

 

 

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले गणतन्त्र संस्थागत गर्न अब फेरि अर्को पुस्ता लड्न नपरोस् भन्दै चेतावनी दिएका छन् ।

आधुनिक नेपाल राज्यको निर्माणपछि सबभन्दा ठूलो परिघटना जनयुद्ध÷जनआन्दोलन÷मधेस विद्रोहको बलमा संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनु भएको बताए पनि त्यस्तै नभएको भन्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

प्रतिक्रान्तिकारीहरू सत्तामा रहेको व्यङ्य गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीप्रति संकेत गरेका छन् । पछिल्लो राजनीतिक घटनाक्रम गहिरिदै जाँदा लोकतन्त्र नै जोखिममा पर्ने स्थिति बनिरहेको छ । प्रधानमन्त्री ओलीले दोस्रो पटक पनि संसद विघटन गरेपछि मुलुकको राजनीति पेचिलो बन्दै गएको छ ।

उनले गणतन्त्र आउने बेला ओलीले बयल गाढा चढेर अमेरिका पुगिदैन भन्ने व्यक्ति अहिले सत्ताको स्वाद लिइरहेकोतर्फ संकेत गर्दै प्रतिक्रान्तिकारी हिरो बनिरहेको बताएका छन् । उनले भने, “क्रान्तिकारीहरू सडकमा दलालहरू हिरो देशभक्तहरू भिलेन हुनुपर्ने अवस्था आइलागेको कारण सावधान रहन अपिल गरेका छन् । उनले ट्वीट गरे,– अर्को पुस्ता लड्न नपरोस् ”

आधुनिक नेपाल राज्यको निर्माणपछि सबभन्दा ठूलो परिघटना जनयुद्धरजनआन्दोलनरमधेसविद्रोहको बलमा संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनुनै हो।तर विडम्बनास्प्रतिक्रान्तिकारीहरू सत्तामास क्रान्तिकारीहरू सडकमा दलालहरू हिरो देशभक्तहरू भिलियन सावधानस्अर्को पुस्ता लड्न नपरोस्

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend