सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

संघीय समाजवादी फोरम ओली सरकारमा सामेल हुनु, यो मधेशी जनताको लाशमाथिको राजनीति होः सिंह

संघीय समाजवादी फोरम ओली सरकारमा सामेल हुनु, यो मधेशी जनताको लाशमाथिको राजनीति होः सिंह

मधेशमा अधिकार र बिभेदका कुरा बारम्बार उठने गर्छन् । यसै अधिकारको मुक्तिको लागी २००७ साल देखी नै बिभिन्न आन्दोलन पनि हुँदै आएका छन् । अधिकारको लागी लडे्का सयौ मधेशी जनताले ज्यान समेत गुमाएको अवस्था छ । हिजो सबिधान बन्दा स पनि सुन्न नचाहने उपेन्द्र यादव नेतृत्वको पार्टी सरकारमा सहभागी भएको अवस्था छ । साथै मधेशवादी दलहरुलाई सत्ताको पिपासु भनेर पनि आरोप लगाउने गर्ने गरेको पाईन्छ । यसै सन्दर्भमा लामो समयदेखि पिछडावर्ग अधिकारको संघर्षरत, मधेश राजनीतिका बौद्धिक नेता एवं लोक दलका अध्यक्ष कौशल कुमार सिंहसंग वर्तमान राजनीतिक अवस्थाको बारेमा पत्रकार मुकुन्द गैरेले गरेको बिशेष कुराकानीको अंश……

वर्तमान राजनीतिक घटनाक्रमबारे यहाँको प्रतिक्रिया के छ ?
राजनीतिमा घटनाहरु त घटिरहेकै हुन्छन् । तर नेपालमा चुनाव अगाडी वाम गठबन्धन बन्नु र अहिले आएर दुई वटा ठूला कम्युनिष्ट पार्टीहरु मिल्नु भनेको पक्कै ऐतिहासिक भएको छ । नेपालको राजनीतिमा यस घटनाले दूरगामी योजनाहरुको शुरुवात पनि गर्नेछ र समयले यिनीहरुलाई साथ दियो भन्ने नयाँ इतिहास पनि रच्न सक्नेछ । त्यस्तै मधेश केन्द्रित दलहरु पनि आफ्नो एजेण्डालाई छाडेर सत्तामुखी भएको छ । हिजोका शत्रु भनिनेहरुलाई मित्र बनाएर प्रेमालाप गर्दै हिड्न थालेका छन् ।

कस्तो योजना र कस्तो इतिहासको कुरा गर्न खोज्नु भएको यहाँले ?
योजना भनेको पार्टी र कम्युनिष्टलाई बलियो बनाउनको लागि बनाउने छ भन्ने इतिहास भनेको नेपालमा कम्युनिष्ट स्थापित गर्नको लागि गर्ने हो । एक चोटी प्रचण्डले भनेका थिए, विश्व कम्युनिष्टलाई मेसेज दिनको लागि जनयुद्ध छाडेर संसदवादलाई स्वीकार गरेका हौं । अहिले प्रचण्ड त्यही मेसेजको तयारी स्वरूप एमालेसंग मिल्न पुगेका छन् । शुरुमा प्रचण्डले एक्लै यो काम गर्न सकिन्छ भनेर अगाडी सरे तर त्यसमा सफलता प्राप्त गर्न सकेन र त्यसको बाधकको रुपमा एमालेलाई हेरेपछि उनले एमालेलाई नै उपयोग गरेर अघि बढ़ने रणनीति बनाए । अहिले दुई पार्टीको मिलन, त्यही रणनीतिको एक कड़ी हो ।

त्यसो भए, कस्तो रणनीतिमा प्रचण्ड रहेका छन् ?
यसबारेमा बोल्ने समय अहिले आएको छैन् । तर यसबारेमा भन्दा, प्रत्यक्ष राष्ट्रपतिको चुनाव हुने भएपछि धेरै कुराहरु बाहिर आउन थाल्ने छन् । त्यसैको लागि त यो राजनीतिक गठजोड़ बन्दैछ र बनाईदैछ । फोरमसंगको सहकार्य पनि यसै कारण भएको हो । नेपालमा आगामी राजनीतिक परिवर्तनको लागि प्रत्यक्ष राष्ट्रपतिको निर्वाचन नै हुनुपर्छ । हैनभने २००७ सालदेखिको राजनीति त चलिरहेकै छ नि । नयाँ राजनीति विकासको लागि नयाँ राजनीतिक पद्धतिको पनि विकास हुनैपर्छ ।

अहिले फोरम ओली सरकारमा सामेल   भएको छ, तपाईको प्रतिक्रिया के छ ? 

मधेशीको लाशमाथिको राजनीति हो । चुनावमा मधेशीको अधिकार दिलाउँछु भनेर भोट लिएकाहरु र आफैंले एमालेलाई दुश्मन घोषणा गरेकाहरु अहिले मधेशी अथिकारको कुरा छाडेर, मधेशी शाहिद र आम मधेशी जनताको भावना विपरीत पदको लोभमा दुश्मनसंग हात मिलाउन पुगेछन् । यसको परिणाम त पछि जनताले दिइने नै छ तर मधेशी नेताबाट नै मधेशी जनतालाई पटक पटक धोका हुँदै आएको छ, जो मधेशी जनताको लागि दुर्भाग्यपूर्ण हो ।

दुई बुँदे समझौता गरेर सरकारमा  छ नि ?
हो, त्यही बुँदेमा कुदेर त अहिलेसम्म आम मधेशी जनताले अधिकार पाउन नसकेको हो । बुँदामा समझौता गर्ने र मधेशीको लाशको राजनीति गर्ने कुरा अब सबैले बुझिसकेका छन् । अहिलेसम्म गरिएको कति वटा बुँदा लागु भएको छ कि अबको यो भ्रमपूर्ण बुँदा लागु हुन्छ । सत्ताको लागि गरिने समझौतावादीहरु लाई अब मधेशी जनताले माफ गर्ने छैन् ।

त्यसो भए मधेशी जनताले अधिकार कसरी पाउने छ ?
हेर्नुस, परिवर्तन संसारको नियम हो र मधेशी जनताले पनि यो नियमलाई स्वीकार गरेर परिवर्तनको लागि तयार हुनुपर्छ । त्यसको लागि मधेशी जनताले अब आफ्नो नयाँ नेतृत्व देशलाई दिनुपर्छ ।

तपाईहरुले पनि फोरमसंग पार्टी एकीकरण गर्नु भएको थियो तर अहिले फेरी लोक दललाई सक्रिय बनाउनु भएको छ ?
एकीकरण गर्ने सहमति गरी घोषणा गरिएको थियो तर एकीकरण भएको थिएन । एकीकरणको लागि ४ बूदेँ दुई पक्षीय सहमति भएको थियो । त्यो सहमति दुवै पक्षले मान्ने हो भन्ने एकीकरण हुन्छ, कुनै एक पक्षले पनि मानेन भन्ने हुँदैन । दुई पार्टीबीच एकीकरण हुँदा त निर्वाचन आयोगमा पनि हुन्थ्यो नि ।

. त्यसो भए अब एकीकरणको संभावना के छ ?
हामी सहमति पालना गरेर अगाडी बढयौं तर अर्को पक्षबाट सहमति तोडेर धोका दिने काम भएकोले अबको संभावना न्यून बनेको अवस्था छ । त्यसै कारण हामी आफ्नो कामलाई अगाडी बढाएका छौं । र अब सक्रियताका साथ पिछडावर्गको लागि राजनीतिक गतिविधिलाई अगाडी बढाउने हामीले विभिन्न निर्णयहरु गरेका छौं

कस्तो निर्णय ?
पिछड़ावर्गको अधिकार सुनिश्चित गराउनको लागि पहिलो चरणमा सबै पक्षलाई जानकारी गराउने र त्यसपछि संघर्षका अन्य कार्यक्रमलाई अगाडी बढाउने छौं ।

अब अन्यसंग पनि एकताको प्रयास गर्ने हो कि ?
राजनीतिमा मुद्दा स्थापित गराउनको लागि सधैं एकता, सहकार्य र सहमतिहरु हुदैँ गर्छन् । यसको मतलब यो होईन् कि आफ्नो काम रोक्ने हो । केही समय पहिलाको एकीकरण प्रकृया पनि त्यही रणनीतिको एउटा चरण थियो ।

मधेशको नाममा अधिकारको कुरा त भएकै छ भने फेरी पिछडावर्गको कुरा गरेर तपाईहरुले राजनीतिक अस्थिरता खडा गर्ने गर्न थाल्नु भएको त छैन् ?
होईन, त्यस्तो होईन् । मधेश नामको आरक्षण ने मधेशका पिछड़ा र गरिबहरूको लागि बाधक बनेको छ । मधेशीको नाममा दिएको आरक्षणको लाभ त्यहाँका सामन्त र शक्तिशालीहरुले मात्र प्रयोग गरिरहेका छन् । मधेशका पिछड़ा, गरिब र कमजोरको लागि यो आरक्षण छँदैछैन् । त्यसै कारण हामी भन्छौं, मधेशी नामको आरक्षण खारेज हुनुपर्छ र समावेशी सिद्धान्तको आधारमा कम भन्दा कम कलस्टर बनाएर सामुदायिक र वित्तीय गरी सबै पिछड़ा र कमजोरलाई आरक्षणको लाभ पुग्ने गरी आरक्षणको व्यवस्धा गर्नु पर्दछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend