तस्विर मनिषा कोईरालाको फेसबुकबाट
काठमाडौं । नेपाल प्रहरीलाई चर्चित वलिउड नायिका मनिषा कोईरालाले स्वास्थ्य सामग्री सहयोग गरेकी छन ।
आइतबार प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीलाई उनले स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन ।
कोईरालाले ४ हजार थान मास्क, ४ हजार थान फेस सिल्ड र १ हजार थान स्यानिटाईजर लगायतका स्वास्थ्य सामग्री सहयोग गरेको जनाएको छ ।
फेसबुक पेज मार्फत कोईरालाले कोरोना महामारीमा मद्दत र उत्कृष्ट कार्य गरेको भन्दै नेपाल प्रहरी र सामाजिक अभियन्ताहरूलाई धन्यवाद समेत दिएकी छन । ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend