सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

गुल्मेली समाज जापानद्वारा १५ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

गुल्मेली समाज जापानद्वारा १५ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

 

गुल्मी । गुल्मेली समाज जापानले गृहजिल्ला गुल्मीलाई करिव १५ लाख बराबरको कोभिड बिरुद्धको स्वास्थ्य सामग्री पठाएको छ । समाजले पहिलो चरणमा अक्सिजन कन्सनटेटर सहित कोभिड विरुद्धका विभिन्न स्वास्थ्य सामग्रीहरु पठाएको हो । समाजले रेसुङ्गा नगरपालिका भित्र रहेको गुल्मी अस्पताल, मुसिकोट नगरपालिकाको ३ वडाका स्वास्थ्य संस्था, त्यस्तै चन्द्रकोट गाउँपालिका, कालिगण्डकी गाउँपालिका, सत्यवती गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका, गुल्मीदरबार गाउँपालिका र मालिका गाउँपालिकामा करिब करिव ११ लाख बराबरको स्वास्थ्य सामग्री पठाएको हो ।

त्यस्तै समाजले ईस्मा, धुर्कोट, मदाने गाउँपालिका, पौदी अमराई स्वास्थ्य चौकी, बडागाउँ स्वास्थ्य चौकी र जिल्लाका सबै पत्रकारहरुलाई पत्रकार महासंघ मार्फत करिव ४ लाख बराबरको स्वास्थ्य सामग्री पठाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend