नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले देश भित्रका जाली फटाहा र विदेशी प्रतिक्रियावादीलाई झुक्याएर पार्टी एकता गरेको खुलासा गरेका छन् । पार्टी एकता गर्न खोज्दा बिभिन्न देशी बिदेशी प्रतिक्रियाबादी बिभिन्न पटक भाड्न खोजेको समेत बताए । आफ्नो जन्मस्थल कास्कीको अन्नपूर्ण गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै यस्तो कुरा बताएका हुन । भाँड्ने चलखेल भएकाले हुँदैन जस्तो वातावरण बनाएर जाली फटाहालाई झुक्याइएको प्रचण्डको भनाई छ । सरकारको नीति तथा कार्यक्रम ल्याउनुअघि एउटै पार्टी बनाउने सल्लाह अनुसार जेठ ३ गते आफ्नै प्रस्तावमा एकीकरण भएको उनले बताए । प्रचण्डले भने’पार्टी एकता हुन्छ यो दिन भनेर नहुने भन्ने बनाएर ड्याम्मै एकता घोषणा गरेको उनको भनाई छ । जेठ २ गते विहान केपी ओली र म बालुवाटारमा भेट भइसकेपछि अब ढिलो गर्ने नहुने भन्दै आफुले चाडै गर्ने सुझाब दिएको समेत बताए । ओली कमरेडले ७ गते अघिनै गरौं भन्नुभयो । मैले भोलि मदन आश्रति स्मृति दिवसकै दिन गरौं भन्ने प्रस्ताव राखेँ, त्यही दिन भयो ।प्रचण्डले पार्टी एकता सामान्य घटना भएको भन्दै यसले विश्वलाई नयाँ सन्देश दिएको बताए । उनले नेकपाका कार्यकर्तालाई गुटबन्दी गर्ने छुट नरहेको समेत प्रष्ट पारे । प्रचण्डले उपेन्द्र यादव समेत सरकारमा सहभागी भएपछि अब सरकारसँग दुई तिहाई बहुमत रहेको र संविधान संशोधनका लागि प्राबिधिक तथा संवैधानिक हैसियत प्राप्त भएको बताए । साथै यो नेपाल कम्युनिस्ट पार्टीको उदेश्य आर्थिक समृद्घीको यात्रामा अगाडी बढने भएको समेत बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend