सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बाँकेमा पाँचजना कोरोना संक्रमितको मृत्यु

बाँकेमा पाँचजना कोरोना संक्रमितको मृत्यु

 

काठमाडौं । बाँकेमा कोरोना (कोभिड)१९ संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बैतडी, बर्दिया, सल्यान, बाँके र दाङका एक एकजना गरी कुल ५ जनाको मृत्यु भएको हो । कोरोना संक्रमणबाट मृत्यु हुने यो संख्या शनिबार दिउँसो ३ः४५ देखि आइतबार बिहान ७ बजेसम्मको हो ।

बैतडीको पुर्चौडी नगरपालिका ८ का ५५ वर्षीय पुरुषको शनिबार दिउँसो ३ः४५ बजे भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनीमा जेठ १५ गते संक्रमण पुष्टि भएको थियो ।

यसैगरी बर्दियाको राजापुर नगरपालिका १ की ४९ वर्षीया महिलाको शनिबार ४ बजे भेरी अस्पतालमा मृत्यु भएको हो । उनीमा जेठ १० गते संक्रमण पुष्टि भएको थियो ।

यसैगरी सल्यानको कालिमाटी गाउँपालिका २ का ४६ पुरुषको शनिबार राति १२ः४५ बजे भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको फोकल पर्सन ओलीले बताए । उनीमा जेठ १ गते संक्रमण पुष्टि भएको थियो ।

दाङको लमही नगरपालिका १ की ३२ महिलाको आइतबार बिहान ७ बजे भेरी अस्पतालमा मृत्यु भएको हो । उनीमा जेठ २० गते संक्रमण पुष्टि भएको थियो ।

बाँकेको बैजनाथ गाउँपालिका(५ का ६७ पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइतबार बिहान ४ः१० बजे मृत्यु भएको हो । उनीमा जेठ ५ गते संक्रमण पुष्टि भएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend